शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाका लागि धनाढ्य प्रेमी खोज्न सकेन डेटिङ एजेन्सी, २३ लाख जरिवाना तिर्नुपर्यो

सोमबार, ०४ भदौ २०७५, १२ : ०९
सोमबार, ०४ भदौ २०७५

लण्डनकी एक सम्बन्धविच्छेद भइसकेकी महिला निकै अघिदेखि धनाढ्य प्रेमीको खोजीमा थिइन् । यसका लागि महिलाले एक चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीको महँगो सदस्यता लिइन् । धेरै समय कुरिसकेपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेर क्षतीपूर्ती पाएकी छिन् । गत बुधबार अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै १८ हजार एक सय यूरो अर्थात् २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ ।  

चेल्सीमा बस्ने टेरेजा बुर्की, ४७, तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिइन् । टेरेजाले धनाढ्य र विदेशको यात्रा गर्न रुचाउनेलाई पार्टनरको रुपमा छान्नका लागि कम्पनीलाई जानकारी दिएकी थिइन् । साथै, चौथो सन्तानको योजना बनाएको बारे पनि जानकारी दिइन् ।

एजेन्सीको दाबी गलत निस्कियोः

हाइकोर्टका अनुसार एजेन्सीका तत्कालीन प्रबन्ध निर्देशक लेमार्क थोमसले आफ्नो वेबसाइटमा असिमित म्याच मेकिङ र धेरै पुरुषको सक्रियता भएको दाबी गरेका थिए जुन गलत साबित भयो ।  

‘वास्तवमा यस्तो थिएन । वेबसाइटमा सयवटा मात्र प्रोफाइल थिए जुन टेरेजाले सोचेजस्ता थिएनन् । सयवटा प्रोफाइललाई असिमित भन्न मिल्दैन ’ न्यायाधिसले भने  ।

पीडितले मागिन् क्षतीपूर्तीः

टेरेजाले सदस्यता दर्ताको पूरा रकम फिर्ता मागेकी छिन् । यसका साथै डेटिङ कम्पनीका कारण उनले विभिन्न मानसिक समस्या झेलेको भन्दै यसको क्षतीपूर्ती माग गरेकी छिन् ।

एजेन्सीकी संस्थापक र निर्देशक सूसी एम्ब्रोसले महिलाको माग सपनाजस्तै भएको बताउँदै त्यसलाई पूरा गर्न महिलालाई कतिवटा प्रोफाइल देखाउनु पर्दथ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् ।

अदालतले महिलाको सदस्यताका लागि १२ हजार ६ सय यूरो र क्षतीपूर्ती सहित पाँच सय यूरो उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप