शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक लाख ८० हजार बिरुवा वितरण

मङ्गलबार, ०३ साउन २०७४, १६ : ३५
मङ्गलबार, ०३ साउन २०७४

कपिलवस्तु, ३ साउन । जिल्लाको विभिन्न ठाउँमा रहेका नर्सरीबाट एक लाख ८० हजार बिरुवा वितरण गरिएको छ । 

जिल्लामा मसला, सिमल, खयर, शाहगवान, सिसौ प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आयआर्जका लागि विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको सहायक वन अधिकृत रामचन्द्र साहले जानकारी दिनुभयो । 

सेक्टर वन कार्यालय चन्द्रौटाले मसलाका ५५ हजार नौ सय बिरुवा, सिमल १० हजार पाँच सय, सिसौ १० हजार १५०, अमला चार हजार, खयर चार हजार, कल्पफूल एक हजार ८५०, सागवान एक हजार, अर्जुन एक हजार, जामुन ८७५, सिरिस ५०० र वेल ३५० बिरुवा वितरण गरेको कार्यालय प्रमुख रामहरि सेढार्इंले बताउनुभयो । 

“निजी क्षेत्रमा वृक्षरोपण गरी वनको क्षेत्रफल बढाउन बिरुवा निःशुल्क विरतरण गरिएको हो,” उहाँले भन्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप