बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हरेक वर्ष नेपाली महिलाले लगाउँछन् जापानदेखि अमेरिकासम्मको ३६ करोडको चुरापोते

सोमबार, ०४ भदौ २०७५, १० : ५८
सोमबार, ०४ भदौ २०७५

काठमाडौँ । एक वर्षमा नेपाली महिलाहरुले ३५ करोड ९७ लाख १७ हजार रुपैयाँको  विदेशी चुरापोते र टीका लगाएका छन् ।  आर्थिक वर्ष २०७४/०७५ मा  ३१ लाख ३७ हजार ३ सय ५३ किलोग्राम चुरापोते तथा टीका भित्रिएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । नेपालको ब्यापार घाटा पनि सबै भन्दा बढी भारतसँग नै छ । चुरापोते जस्ता श्रृङ्गारका सामान विशेषगरी चाडबाडमा बढी प्रयोग हुने गरेको छ ।

नजिकिदै गरेको तीजमा पनि चुरा आयात बढी हुने देखिएको छ । 

चीनबाट ५ करोड ६ लाख १२ हजार रुपैयाँको चुरापोते आयात भएको हो । चेक रिपब्लिका, जापान लगायतका देशबाट पनि यस्ता सामान आयात भएको छ । यो वर्ष ११ वटा मुलुकबाट चुरापोते आयात भएको छ ।

स्रोत : भन्सार विभाग 

नेपालीको परनिर्भरता गुन्द्रकदेखि लसुन र धनिया लगायत हरेक वस्तुमा छ । देश अहिले झण्डै एक बर्षको बजेट बराबरको व्यापार घाटामा छ । २०७४/०७५ सम्म आइपुग्दा ११ खर्ब ६४ अर्ब भन्दा बढी रुपैयाँ कहाली लाग्दो व्यापार घाटाको तथ्यांक भन्सार विभागसँग छ । 

१२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ८१ अर्ब १९ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको नेपालको चुनौती व्यापार घाटा कम गर्नु रहेको छ ।  विज्ञहरु देशको व्यापारघाटा कम गर्न सरकार अहिलेदेखि उत्पादकत्व बृद्धि गर्नुपर्नेतर्फ जोड दिनुपर्ने बताउँछन् । 

अहिले देशको सम्पूर्ण व्यापार घाटामा ६५.२ प्रतिशत ब्यापार घाटा भारतसँग छ भने  चीन सँग १२.९ प्रतिशत व्यापार घाटा छ । फ्रान्स, जर्मनी, भियतनाम, टर्की युयसए लगायत मुख्य देशहरुसँग नेपालको व्यापार घाटा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप