मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल क्लबले १८ खेलाडी बेचेर १० वटा बाख्रा किन्यो, आम्दानी बढाउन उठायो यस्तो कदम

सोमबार, ०४ भदौ २०७५, १४ : ००
सोमबार, ०४ भदौ २०७५

टर्कीको गल्सपोर फुटबल क्लबले १० वटा बाख्रा खरिद गर्नका लागि आफ्ना १८ खेलाडीलाई अर्को क्लबलाई बेचेको छ ।

क्लब प्रशासनका अनुसार बाख्राको दुध बेचेपछि क्लबलाई अतिरिक्त आम्दानी हुने जसमार्फत क्लबको आवश्यकता पूरा गर्न सकिने र अन्य खेलाडीको खर्च पनि निकै सजिलै उठाउन सकिन्छ ।

क्लबका अध्यक्ष केनन बुयुक्लेब्लेबले उनको क्लब निकै अघिदेखि आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै सरकारको तर्फबाट पनि कुनै आर्थिक मद्दत नपाएको जानकारी दिए । कुनै लिग खेल्नका लागि प्रायोजक पनि नपाइएकाले बाख्रा खरिद गर्ने निर्णय लिइएको केनानले बताए ।

यतिबेला आफ्नो क्लबलाई अतिरिक्त आम्दानीको खाँचो भएको बताउँदै केननले क्लबको ऋण अत्यधिक बढेको जानकारी दिए । उनका अनुसार कुनै पनि कर्पोरेट समूह मद्दतका लागि अग्रसर छैनन् ।  

१८ खेलाडी बेचेपछि क्लबले १८ हजार लिरा (तीन लाख ३५ हजार रुपैयाँ) पाएपछि यसले १० वटा बाख्रा खरिद गरेको उनले जानकारी दिए ।

केननले बाख्राको दुध बेचेर हरेक महिना पाँच हजार लिरा अर्थात् ९४ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् ।

६ वर्षमा एक सय ४० बाख्रा खरिद गर्नेछ क्लबः

केननका अनुसार यो योजना सफल रहे क्लबले बाख्रा थप्नेबारे बिचार गर्नेछ । अको ६ वर्षमा क्लबले एक सय ४० बाख्रा खरिद गर्ने योजना बनाएको छ । गल्सपोर टर्कीको सबैभन्दा पुरानो फुटबल क्लब मध्येको एक हो । यसको स्थापना सन् १९५४ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप