शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हारपछि पोग्बाले गरे टोलीको आलोचना, सिटीको गोलको वर्षा

सोमबार, ०४ भदौ २०७५, १४ : ००
सोमबार, ०४ भदौ २०७५

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका कप्तान पाउल पोग्बाले ब्राइटनबिरुद्धको अप्रत्यासित हारमा टोलीले सही मनोदशा प्रस्तुत नगरेको बताएका छन् ।

गत मेमा जोसे मोरिन्होको टोलीलाई पराजित गर्दै प्रिमियर लिगमा स्थान सुरक्षित गरेको ब्राइटनले पाहुना टोलीबिरुद्ध पहिलो हाफमा तीन गोल गरेका थिए ।

ग्लेन मरे र सेन डफी गोल गर्दै ब्राइटनलाई २–० को अग्रता दिलाए । लगत्तै रोमेलु लुकाकुले युनाइटेडका लागि एक गोल फर्काए । 

तर,  पहिलो हाफ सकिन लाग्दा पास्कल ग्रोसले पेनाल्टीबाट गोल गर्दै ब्राइटनलाई फेरी २ गोलको अग्रता दिलाए ।

खेलको अन्त्यतिर पोग्बाले पेनाल्टीबाट अर्को गोल थपे पनि टोलीलाई सिजनको पहिलो हारबाट जोगाउन सकेनन् । पोग्बाले गोल गर्दा युनाइटेड पराजित भएको ११ खेलमा यो पहिलो पटक हो ।

‘हाम्रो मनोदशा उनीहरुलाई हराउने थिएन । हामीभन्दा उनीहरु जीतको भोका थिए जुन मैदानमा देखिन्थ्यो,’ पोग्बाले भने, ‘यो हाम्रो लागि पाठ हो ।’

यता, प्रशिक्षक मोरिन्हाले हारमा कसैलाई व्यक्तिगतरुपमा दोष नदेखाउने बताए पनि टोली ‘गम्भिर गल्ती’ को शिकार भएको स्वीकार गरे ।

गोलकिपर डेभिड डि गेयाले सन् २०१८ को विश्वकपको शुरुवातपछि १४ प्रहारबाट १० गोल खाएका छन् ।

उता, म्यान्चेस्टर सिटीले भने हडर्सफिल्ड टाउनबिरुद्ध गोलको वर्षा गरेको छ ।

सर्जियो अगुएरोले ह्याट्रिक गर्दा सिटी ६–१ गोलअन्तरले विजयी बन्यो । उनको करियरको यो १३ ह्याट्रिक हो भने प्रिमियर लिगका नवौँ । उनीभन्दा अघि मात्र एलान शिएरर (११ ह्याट्रिक) रहेका छन् । 

त्यस्तै, सिटीका लागि ग्याब्रियल जिसस, डेभिड सिल्भाले गोल गरे भने टेरेन्स कोङगोलोले आत्मघाती गोल गरे । हडर्सफिल्डका लागि जोन गोरेङ्क स्टानकोभिचले सान्तवना गोल गरे ।

जीतसँगै गोलअन्तरको आधारमा साबिक विजेता टोली लिगको शीर्ष स्थानमा पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप