बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दर्शकबाट घेरिए आकाश र आँचल

सोमबार, ०४ भदौ २०७५, १० : ४३
सोमबार, ०४ भदौ २०७५

काठमाडौं –फिल्म ‘ब्ल्याक’ले ओपनिङ व्यवसाय राम्रो गर्न सफल भएको छ । निर्माण युनिटले आइतबार राजधानीमा आयोजना गरेको एक बिषेश सोमा ब्यवसायको पनि जानकारी दिएको हो । शोमा मिडिया, चलचित्रका कलाकारको बाक्लो उपस्थिती रहेको थियो । 

शनिबार र आइतबार निर्माण युनिट कलाकार सहित बिभिन्न चलचित्र भवनमा समेत पुगेको छ । दर्शकको प्रतिक्रिया बुझ्न यो युनिट चलचित्र भवन पुगेको । भ्रमणको क्रममा गोपीकृष्ण, अष्टनारायण हलमा पुग्दा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजाल लगायत कलाकार दर्शकबाट घेरिएका थिए । यी कलाकारसँग दर्शकले सेल्फी समेत खिचेको निर्देशक प्रदीप श्रेष्ठले बताए ।

अभिनेता आयुषले चलचित्रमा नेगेटिभ भुमिका निर्बाह गरेका छन् । आयुषको यो अभिनय समेत दर्शकले रुचाएको निर्माण युनिटको भनाई रहेको छ ।

गोपिकृष्ण हलमा दर्शकको वाहि वाहि पाएकी आँचलले अष्टनारायण हल भने आँचलको नामको हुटिङ सुनिन् । चलचित्रमा आफुले निर्बाह गरेको चकलेटी र हाँसी रहने रमाइरहने क्यारेक्टरलाई दर्शकले रुचाएको आँचलले बताइन् । 

आश्मा फिल्मस्को ब्यानरमा बनेको ‘ब्ल्याक’मा आश्मा पाण्डे र चेतनकुमार पाण्डेको लगानी छ । प्रदिप श्रेष्ठको निर्देशन रहेको चलचित्रमा आकाश, आँचल र आयुषको अलवा सुन्दर श्रेष्ठ, प्रिया रिजाल, सुशिल क्षेत्री, सुशान्त कार्की लगायतको समेत अभिनय देख्न सकिनछ । चलचित्र उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्वल पौडेल  र मनोज राठीले वितरण गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप