शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुगमनको विरोधमा कालिमाटीका व्यापारी अन्दोलनमा, दुई ट्रक नियन्त्रणमा

सोमबार, ०४ भदौ २०७५, १० : ०३
सोमबार, ०४ भदौ २०७५

काठमाडौँ । कालीमाटी तरकारी बजारका व्यवसायीले सरकारले अनुगमन गरेको विरोधमा नारावाजी गरेका छन् । बाणिज्य, आपूर्ति मन्त्रालयको टोलीले आज विहान तरकारी बजारमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दुई वटा तरकारीका ट्रक नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी सुरु गरेका हुन् ।

व्यवसायीको नारावाजीका कारण कालिमाटि बजार क्षेत्र तनावग्रस्त बनेको छ । काठमाडौँ बाहिरबाट फर्सी र काक्रो लगायतका तरकारीजन्य बस्तु ल्याएका ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि

विभागको अनुगमन टोलीले  ती ट्रक नियन्त्रणमा लिएको वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले जनाएको छ । 

टोलीले यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मुल्यबारे अनुसन्धान गरेको थियो । 

त्यसक्रममा किसानले पाउने मूल्यभन्दा उपभोक्ता मूल्य धेरै फरक रहेको पाइएको बाणिज्य मन्त्रालयले जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप