बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नो रोनाल्डो, नो फ्यान : रियलको जीतमा दशक यताकै कम दर्शक

सोमबार, ०४ भदौ २०७५, १४ : ००
सोमबार, ०४ भदौ २०७५

एजेन्सी । रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो बिदाई पछिको ला लिगा अभियान शुरु गरेको छ, जसरी उसले प्रिसिजनको शुरुवात गरेको थियो – आधा भरिएको स्यान्टियागो बर्नेबाउसहित ।

ड्यानी कार्भाहाल र गेराथ बेलको गोलले गेटाफेबिरुद्ध जुलेन लोपोटेगुईको टोलीलाई सन् २०१८–१९ ला लिगा सिजनमा विजयी शुरुवात दिलायो । तर, रोनाल्डोको अनुपस्थितिमा घरेलु समर्थकको कमीले जीतलाई केही खल्लो बनाएको थियो ।

लिगको पहिलो घरेलु मैदानमा खेलिएको खेलमा मात्र ४८,४६६ दर्शक उपस्थित थिए जबकी यस खेलले रियलका कट्टर समर्थकदेखि फुटबल पर्यटकहरुलाई स्टार खेलाडीहरुको खेल हेर्न आकर्षित गर्नुपर्ने थियो ।

रियलले यति कम दर्शक सामु स्यान्टियागो बर्नेबाउमा पछिल्लो पटक सन् २००८–०९ सिजनको अन्तिम खेलमा पाएको थियो । त्यतिबेला रियल ५ खेलको हारको शृंखलामा रहेको थियो जसको शुरुवात पेप ग्वार्डिओलाको बार्सिलोनासँग ६–२ को लज्जास्पद हारबाट शुरुवात भएको थियो ।

त्यो हारसँगै लस ब्लाङ्कोस ला लिगामा दोस्रो स्थानमा खस्किएको थियो । लगत्तै रियलले म्यान्चेस्टर युनाइटेडबाट पोर्चुगिज स्टार खेलाडीलाई अनुबन्ध गरेको थियो । रोनाल्डो सन् २००९ को जुनमा रियल भित्रिएका थिए । त्यसयता ९ सिजन रियलमा बिताएका रोनाल्डोले चारवटा च्याम्पियन्स लिगको उपाधि जिते भने मात्र दुई ला लिगाको उपाधि जित्न सफल भए ।

रोनाल्डो युभेन्टस गएपछि म्याड्रिडको पहिलो खेलले धेरै दर्शकहरुलाई आकर्षित गर्न सकेन ।

रोनाल्डोको स्थानमा रियलले अझै कसैलाई भित्र्याएको छैन । हुनतः रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका रोनाल्डोलाई कसैले ‘रिप्लेस’ गर्न सक्दैन । तर, लोपेटेगुई अहिले मार्को असेन्सियो, करिम बेन्जेमा र बेलमा भर पर्न बाध्य छन् । 

बेलले यो सिजन पनि पछिल्लो दुई सिजनजस्तै गोल गर्दै शुरुवात गरेका छन् । गत सिजन मात्र २६ ला लिगा खेल खेलेका र त्यसअघि १९ खेल खेलेका बेलमाथि यो सिजन आक्रमणको जिम्मेवारी हुनेछ ।

रोनाल्डोको कारण मात्र होइन, खेल ढिला शुरु भएको कारण यसले युवा समर्थकलाई तान्न सकेन । त्यसमाथि टोलीमा नयाँ अनुहार नथपिँदा समर्थक केही हदसम्म निराश भएका छन् । 

फ्यानहरुले थियाबट कोटर्वालाई मैदानमा हेर्न कम्तिमा अझै एक हप्ता पर्खनु पर्ने भएको छ भने भिनिसियन जुनियर पनि बेन्चमा सिमित भएका थिए ।

दर्शक नपाए पनि रियलले खेलबाट महत्वपूर्ण तीन अंक बने बटुल्न सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप