शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के अरुको सेक्स लाइफ तपाईंको भन्दा राम्रो छ ?

सोमबार, ०४ भदौ २०७५, ०९ : ३७
सोमबार, ०४ भदौ २०७५

बबी डफी /बीबीसी फ्यूचर

विभिन्न अनुसन्धानले बताउँछ कि हामीमध्ये धेरैले युवाले धेरै सेक्स गर्छन् भन्ने धारणा राख्छौं ।  तर, हाम्रो यो सोच वास्तविकताभन्दा भिन्न छ ।

महिलाको सेक्स लाइफ पुरुषहरुले सोचेभन्दा निकै फरक हुने विभिन्न अनुसन्धानले बताएको छ ।

फ्रेन्च ग्लोबल मार्केटिङ रिसर्च कम्पनी इप्सोले निकै अघिदेखि यस्तै गलत धारणाबारे अनुसन्धान गरिरहेको छ । अब यो अनुसन्धानको नतिजा किताबको रुपमा सार्वजनिक हुँदैछ ।

किताबको नाम हो ‘द पेरिल्स अफ परसेप्शन’ । यसै अनुसन्धानका लागि ब्रिटेन र अमेरिकाका मानिसहरुलाई ‘तपाईंको देशमा १८–२९ वर्षका मानिसहरुले पछिल्लो चार हप्तामा कतिपटक सेक्स गरेका होलान् ? ’भन्ने प्रश्न सोधियो ।

उत्तर आयो – एक महिनामा १४ पटक सेक्स गरे होलान् ।’ तर वास्तविकता यो हो कि ब्रिटेनमा १८–२९ वर्षका युवाले एक महिनामा पाँच पटक र अमेरिकी युवाले महिनामा चारपटक सेक्स गरेका थिए । यो कुरा यौन क्रियाकलापमाथि भएको एक व्यापक सर्वेक्षणमार्फत सार्वजनिक भएको हो ।

ब्रिटेन र अमेरिकीको अनुमानको अर्थ यो थियो कि उनीहरुका देशका युवा हरेक दोस्रो दिन यौन सम्बन्ध स्थापित गर्छन् । अर्थात्, वर्षमा एक सय ८० पटक जबकी वास्तविकता यो हो कि यहाँका युवा वर्षमा औसतमा ५० पटक सेक्स गर्छन् ।

युवतीको सेक्सबारे गलत धारणाः

हाम्रो अन्दाज लगाउने बानी नै सबैभन्दा ठूलो गल्ती हो ।

ब्रिटेन र अमेरिकाका पुरुषले आफ्ना देशका युवतीको सेक्स लाइफबारे अत्यधिक गलत धारणा पालेका छन् ।

ब्रिटेनका पुरुष सोच्छन् कि उनीहरुको देशका युवतीको सेक्स लाइफ निकै शानदार छ । उनीहरु महिनामा औसतमा २२ पटक यौन सम्बन्ध स्थापित गर्छन् ।

यस्तै, अमेरिकी पुरुष उनका देशका युवतीहरुले महिनामा २३ पटक यौन सम्पर्क गर्छन् भन्ने धारणा राख्छन् । यो अनुमानको अर्थ यो भयो कि औसतमा अमेरिकी र ब्रिटिश युवती प्रत्येक हप्ताको कामकाजी दिनमा सेक्स गर्छन् ।

त्यसबाहेक उनीहरु महिनामा दुई वा तीन पटक कुनै विशेष अवसरमा पनि सेक्स गर्छन् भन्ने धारणा राखेको पाइयो । वास्तविकता यो हो कि औसतमा अमेरिकी र ब्रिटिश युवती महिनामा पाँच पटक सेक्स गर्छन् ।

त्यसो भए यती विघ्न गलत धारणाको कारण चाँही के हो त ? अरुले जे भन्छन्, ती कुरा आँखा चिम्लेर विश्वास गर्दा गलत धारणा विकसित हुन्छ ।

मानिसको अस्तित्व सेक्समा नै टिकेको छ । तर सेक्सबारे संसारभरीका मानिसहरुले अत्यधिक भ्रम पालेका छन् । मानिसहरु सेक्स सम्बन्धि सबै क्रियाकलाप पर्दा भित्र गर्ने भएकाले हामी वास्तविक जानकारीबाट बञ्चित हुन्छौं ।

सेक्ससम्बन्धि वास्तविक जानकारी उपलब्ध नभएकाले हामी क्याफे, साथीभाइको भेटघाटमा हुने गफगाफ, विभिन्न अधकल्चा अनुसन्धान, मिडियामा निकै सनसनी बनाएर छापिने खबर र पोर्नको सहारामा यसबारे धारणा विकास गर्छौं ।

५४ वर्षसम्म १७ सेक्स पार्टनरः

यसै सर्वेक्षणमार्फत् तीन देशका मानिसहरुलाई ४५–५४ वर्षको भइसक्दा कतिवटा सेक्स पार्टनर होलान् भनेर अनुमान लगाउन आग्रह गर्यौं । यसबारे मानिसहरुको अन्दाज निकै सटिक निस्कियो ।

अष्ट्रेलिया र ब्रिटेनमा ४५–५४ वर्ष भइसक्दा पुरुषले १७ सेक्स पार्टनर बनाइसकेका हुन्छन् । अमेरिकामा यो आँकडा १९ हो ।

कुरा त्यतिबेला रोचक हुन्छ जब मानिसहरु महिला र पुरुषमा तुलना गर्छन् ।

महिलाले सर्वेक्षणमा यौन साथीको जुन आँकडा बताएका थिए त्यो पुरुषको तुलनामा निकै कम थियो । महिलाको दाबी अनुसार उनीहरु पुरुषको तुलनामा आधा मात्रै सेक्स पार्टनर बनाउँछन् ।

महिला र पुरुष दुबैले सेक्स पार्टनर बनाउँछन्, दुबैको जनसंख्या लगभग एउटै छ, यस्तो अवस्थामा पुरुषको धेरै सेक्स पार्टनर र महिलाको कम कसरी हुन्छ ? यो संख्या बराबरी हुनुपर्छ । आखिर, पुरुषले महिलालाई नै सेक्स पार्टनर बनाउँछन् भन्ने धारणा राख्छन् ।

यौन पार्टनरमा भिन्नताका विभिन्न कारण बताइन्छन् । एउटा त पुरुष सेक्सका लागि कलगर्ल भएठाउँ जान्छन् । यस्तै, विभिन्न यस्ता यौन क्रियाकलाप पनि हुन्छन् जुन महिला सेक्स मान्दैनन् र पुरुष मान्छन् ।

यसको अर्को कारण यो पनि हो कि पुरुष आफूलाई उत्कृष्ट देखाउनका लागि सेक्स पार्टनरको संख्या बढाई चढाई भन्ने गर्छन् ।

अमेरिकामा सेक्सका लागि महिला र पुरुषको अनुमानमा अर्को एउटा ट्वीस्ट छ । औसत अमेरिकी पुरुष यो मान्छन् कि अमेरिकी युवतीका औसतमा २७ सेक्स पार्टनर हुन्छन् । यस्तै, अमेरिकी पुरुष, आफ्नो देशका पुरुषबारे यो सोच्छन् कि उनीहरुका १३ सेक्स पार्टनर हुन्छन् । महिलाको अन्दाज वास्तविकता नजिक छ ।

औसत अमेरिकी पुरुष १२ सेक्स पार्टनर बनाउँछन् । हजार मानिसहरुको स्याम्पलमा २० अमेरिकी पुरुष यस्ता थिए जो यो सोच्थे कि उनीहरुको देशका महिलाको औसतमा ५० सेक्स पार्टनर हुन्छन् ।

हाम्रो यो भ्रमले यो बताउँछ कि हामी संसारलाई कुन नजरले हेर्छौं । यसले हाम्रो पूर्वाग्रहको पोल खोल्छ । विभिन्न अनुसन्धानले यो बताउँछ कि युवा र महिलाले  सेक्स लाइफबारे कतिसम्मको गलत धारणा पालेर राखेका छन् । यद्यपी, यस्तो सोच राख्ने पुरुषको संख्या निकै कम छ तर यसले अन्य व्यक्तिको सोचमा पनि असर पार्ने गर्दछ ।

भ्रम फाल्ने एउटै तरिका छ । मानिसलाई धेरैभन्दा धेरै जानकारी उपलब्ध गराउने । यसो गर्दा उनीहरु आफ्नो गलत सोचको कारण जान्न सकून् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप