बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयलाई तीन लाख सहयोग

सोमबार, ०४ भदौ २०७५, ०९ : १४
सोमबार, ०४ भदौ २०७५

म्याग्दी —  बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ । 
पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिए । 

मनप्रसाद, उहाँकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गरेका थिए । 

नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गर्नुभएको छ । सोही अवसरमा रु ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आइतबार सम्मान गरेको छ । 

विद्यालयमा खेलमैदान निर्माण 

यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा खेलमैदान निर्माण भएको छ । 

गाउँपालिकाको आर्थिक सहयोगमा अमर माविको परिसरमा स्थानीयवासीले पक्की खेलमैदान निर्माण गरेका हुन् । १३ मिटर चौडाइ र २३।५ मिटर चौडाइ भएको ढलानसहितको पक्की खेलमैदान निर्माण भएको प्रधानाध्यापक पृथबहादुर थापाले जानकारी दिए । 

गाउँपालिकाको रु सात लाख ५९ हजार अनुदान र स्थानीयवासीको रु दुई लाख १३ हजार बराबरको श्रमदानमा खेलमैदान निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप