शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी भ्रममा नपर्न काउन्सिलको आग्रह

आइतबार, ०३ भदौ २०७५, २१ : ११
आइतबार, ०३ भदौ २०७५

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आव २०७२/७३ र २०७३/७४ को पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेको छ । 

सञ्चारविज्ञहरूद्वारा अथक मेहनतका साथ प्रतिवेदन तयार पारिएको भन्दै काउन्सिलले भ्रममा नपर्न अपिल गरेको हो । 

‘सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीबीचको गहन छलफल र सहमतिपश्चात् सम्प्रेषित यस नतिजामा पुनरावलोकन÷पुनःमूल्याङ्कन प्रक्रिया शुरु भइसकेको अवस्था छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित नतिजामा सम्पादकीय, समाचार र अन्य सामग्री हुबहु गर्ने पत्रपत्रिकालाई समेत कमी–कमजोरीको प्रकृतिका आधारमा न्यूनतम वर्ग कायम गरी नतिजा प्रकाशन गरिएको समेत काउन्सिलले प्रष्ट पारेको छ । 

आव २०७३/७४ मा अत्यधिक सङ्ख्यामा हुबहु रहेको डरलाग्दो समस्यालाई न्यूनीकरण गरी कमभन्दा कम हुबहु कायम गरिएको काउन्सिलले जनाएको छ । 

स्वरोजगार, दुर्गम र साना लगानीका अखबारलाई निरन्तरता र योगदानका आधारमा भूल सच्याउने र लोककल्याणकारी विज्ञापन निरन्तर प्राप्त भइरहने कुराको प्रत्याभूतिसमेत काउन्सिलले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप