मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १११ रुपैयाँ

आइतबार, ०३ भदौ २०७५, २० : ५७
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १११, डिजेल र मट्टीतेल ९५/९५ र हवाई इज्धन १०४.५ रुपैयाँ हुने भएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप