त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सेनाका क्याप्टेन २० राउण्ड गोलीसहित पक्राउ
आइतबार, ०३ भदौ २०७५, २० : १८
काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका क्याप्टेनलाई पक्राउ गरेको छ । आइतबार दिउँसो नेपाली मुलका भारतीय सेनामा कार्यरत क्याप्टेन दलबहादुर पुनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
पुनबाट (जेरो प्वइन्ट टु टु) २० राउण्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले पुष्टि गरेका छन् । पक्राउ परेका पुनलाई अहिले काठमाडौंको गौशलास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।
बुद्ध एयरको विमानमार्फत पोखरा जाँदै गरेका पुनलाई डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन निवासी पुन हाल काठमाडौंको सामाखुशी बस्दै आएका थिए । पक्राउ परेका पुनबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु