बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा, पहिलो वर्षमै ५३.५० करोड बीमा शुल्क संकलन

आइतबार, ०३ भदौ २०७५, १९ : ०१
आइतबार, ०३ भदौ २०७५

काठमाडा । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष ०७४/७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएका छ । ब्यवसाय रुपमा सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा शुल्क संकलन गर्न सफल भएको हो ।

ब्यबसायिक कारोवार सञ्चालन गरेको एक वर्ष पुरा गरेको अवसरमा  । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ । सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए ।

उनले चालु आ.व.०७५/७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरि सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराए ।

त्यसै गरि कम्पनीले आगामि दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने पनि जनाएको छ । कम्पनीले आर्थिक बर्ष ०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ ।

कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप