बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

आइतबार, ०३ भदौ २०७५, १८ : ५७
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई २०७५ भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको महारथी पदमा पदोन्नती गरी प्रधानसेनापति पदमा राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

थापालाई नेपालको संविधान २६७ को उपधारा ५ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । त्यस्तै बैठकले विश्व बैंक समुहको आइजिएबाट एकीकृत सार्वजनिक  वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त अनुदान सहयता रकम करिब रु १ अर्ब ६४ करोड ( १५ मिलियन डलर) स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

त्यस्तै बैठकले डा. डिल्लीराज खनालको संयोजकत्वमा पाँच सदस्यीय सार्वजनिक खर्च पुरावलोकन आयोग गठन गर्ने निर्णय समेत गरेको छ । आयोगका सदस्यहरुको सुविधा राज्यमन्त्री सरह हुने निर्णय समेत गरेको छ । त्यस्तै, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौत, पुनरवास तथा व्यवस्था, पुनरस्थापना कार्यकारी पदमा सिञ्चाई तथा जलश्रोत विभागका उपमहानिर्देशक चुडाबहादुर ओली, प्राविधिक कार्यकारी पदमा विद्युत विकास विभागका नरेन्द्रसिंह भण्डारीलाई काज खटाउने साथै नेपाल विद्युत प्राधिकरणको कार्यकारी पदमा सहसचिव वावुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि बढीमा २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले मौलिक हक सम्बन्धी तीनवटा विद्येयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । वैयक्ति गोपनियता सम्बन्धी विद्येयक, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विद्येयक र भूमी सम्बन्धी विद्येयक (सातौं संशोधन २०७५) संघीय संसदमा पेश गर्ने निर्णय गरेको  प्रवक्ता वास्कोटाले बताए ।

त्यस्तै बैठकले बिस्टेक इन्टरकनेक्सनमा नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी दिने निर्णय समेत गरेको छ । त्यस्तै अस्थाई तथा सेवा करार सम्झौता बमोजिमका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।  यससम्बन्धी अन्य व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप