शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

आइतबार, ०३ भदौ २०७५, १८ : ४५
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् कुमारी बैंकका खातावालाहरुले हरिसिद्धि, सातदोबाटोस्थित नेपाल क्यान्सर अस्पतालमा(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध) उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठबीच हस्ताक्षर भयो ।

यसअघि कुमारी बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना  समस्त ग्राहकवर्गलाई कुमारी डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिदैं आइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप