शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको ‘म्यान अफ दि इयर’मा नेपाली सुशान्त

आइतबार, ०३ भदौ २०७५, १७ : ४४
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । ३१ देखि ३१ अगष्टसम्म आयोजना हुने यो प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन् ।

१० प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८ं’ बनेका श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन् । एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगितामा पठाउन लागेको हो । विभिन्न नेपाली कलासँस्कृतिक र पहिचान झल्कने पहिरनसहित श्रेष्ठ प्रतियोगितामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले जानकारी दिइन् । 

नेपाली कला–संस्कृति झल्कने विभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए । ‘नेपाली कला–संस्कृति र भेषभुषा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मलाई यो एक महत्वपूर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए । प्रतियोगिताका लागि श्रेष्ठ आगामी शुक्रबार अर्थात ८ भदौमा थाइल्याण्ड उड्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप