एक्कासि किन पुगे ट्रम्पका सुरक्षा सल्लाहकार इजरायल ?
जेरुसलेम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सुल्लाहकार इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग भेटवार्ता गर्न आइतबार इजरायल आइपुगेका छन् । सिरिया, इरान र गाजा क्षेत्रका विषयमा द्विपक्षीय चासो भइरहेको सन्दर्भमा यस्तो भ्रमण हुन लागेको हो ।
इजरायल प्रस्थान गर्नुअघि जोन बोल्टनले ट्वीट गर्दै ‘अमेरिका र इजरायलबीचको द्विपक्षीय सरोकारका विषयका साथै राष्ट्रिय सुरक्षाका विविध विषयहरुमा प्रधानमन्त्री नेतान्याहू र अरु पदाधिकारीसँग छलफल गर्दैछु’ भनेका छन्।
बोल्टनले यसपछि युक्रेन र जेनेभाको पनि यात्रा गर्नेछन् जहाँ उनले रुसी अधिकारी निकोलाई पात्रुशेभसँग भेटघाट गर्नुहुनेछ ।
ह्वाइट हाउसका अनुसार, जेनेभामा हुने रुसी अधिकारीसँगको भेटमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हेल्सीन्कीमा गत जुलाईमा दुई नेताबीच भएको शिखर वार्ताको समीक्षा हुनेछ ।
इजरायली अधिकारीसँग हुने वार्ताको कार्यसूचीका बारेमा विस्तृत रुपमा केही बताइएको छैन । प्रधानमन्त्री नेतान्याहूसँगको भेट भने सोमबार बिहानका लागि तय गरिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य