शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरीको मल्लकालीन शैलीमै पुनःनिर्माण हुने

आइतबार, ०३ भदौ २०७५, १७ : ०६
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– काठमाण्डौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मल्लकालीन शैलीमा नै रानीपोखरीको पुनःनिर्माण हुने बताएकी छन् ।  सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिको ज्ञापनपत्र वुझ्दै उपमेयर हरिप्रभाले रानी पोखरी प्रताप मल्ल कालिनशैली र स्वरुपमा पुनःनिर्माण गरिने बताएकी हुन् । रानीपोखरीको पुननिमार्णको लागि बोलपत्र समेत आव्हान भइसकेकाले पुननिर्माणमा शंका नगर्न उनले आग्रह गरिन् ।
सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले रानी पोखरीको यथाशिघ्र मौलिक स्वरुप अनुसार नै पुनःनिर्माण गर्न माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको हो । रानीपोखरीकोे वाहिरी भागको निर्माण काठमाडौं महानगरपालिका र भित्रि भागको निर्माण पुरातत्व विभागले गर्नेछ । महानगरले आईतबार राष्ट्रिय दैनिक गोरखापत्रमा रानी पोखरी पुननिर्माणका लागि बोलपत्र आव्हान गरेको सूचना प्रकाशित गरेको छ । रानीपोखरीको पुननिमार्णको लागि बोलपत्र आव्हान भएको यो तेस्रोपटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप