चीनमा शक्तिशाली आँधी, दुई लाखभन्दा बढी प्रभावित
झेन्झाउ– चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
हेनान प्रान्तमा शुक्रबार र शनिबार भएको ठूलो बर्षाका कारण धेरै सहर तथा जिल्लाहरुमा बाढी आएको थियो ।
प्रान्तीय गृह मामिला विभागले स्थानीय समय अनुसार शनिबार बेलुका ९ बजेको मुसलधारे बर्षाका कारण ६२ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको छ । यसले कृषि क्षेत्रमा अझ बढी नोक्सान गरेको छ ।
अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नरहेको समाचारमा जनाइएको छ । बाढीका कारण १३८ ओटा घर क्षतिग्रस्त भएका छन् ।
स्थानीय गृह मामिला विभागले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि उद्धारकर्ताहरु परिचालन गर्नुका साथै घरबारविहीन भएकाहरुलाई स्थानान्तरणको व्यवस्था गर्न लगाएको जनाएको छ ।
सरकारी अधिकारीहरुले मौसमको अवस्था तथा परिवर्तन, नदीको जलस्तर तथा प्रकोपको अवस्थाका बारेमा नियमित अनुगमन गरिरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’