शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एशियाली खेलकूदमा कोरिया शीर्ष स्थानमा, अहिलेसम्म ९ देशले जिते पदक ? (सूचीसहित)

आइतबार, ०३ भदौ २०७५, १६ : १८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं–एशियाली खेलकूद अन्तर्गत दोस्रो दिन कूल ५ पदक जित्दै जित्दै दक्षिण कोरिया शीर्ष स्थानमा रहेको छ ।  यो समाचार तयार पार्दासम्म कोरियाले २ स्वर्ण, २ रजत र १ कास्य गरी कूल ५ पदक जितेको हो । 

यस्तै दोस्रो स्थानमा रहेको चीनले २ स्वर्ण र २ रजत गरी कूल चार पदक जितेको छ । 

यसैगरी आयोजक इन्डोनेशियाले एक स्वार्ण र एक रजत पदक जितेको छ ।  अहिलेसम्म  चाइनिज ताइपेई, थाइल्याण्ड, इरान, फिलिपिन्स, भेतनाम र मलेशियाले पदक जितेका छन् ।

प्रतियोगितामा  ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

खेलको शनिबार साँझ जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका  थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप