शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन राशि भएकाले आज  कस्तो रङ र अंक प्रयोग गर्ने ?

आइतबार, ०३ भदौ २०७५, १५ : ४३
आइतबार, ०३ भदौ २०७५

मेष राशि हुनेहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले लामो दुरिका समुन्द्र पारको यात्रा तय गर्नुहोला । प्रयत्न गर्दा नसोचेको धन तथा सम्पति हात लागी हुनेछ । दिदि बहिनीको सहयोग लिई काम गर्दा सहज रुपमा सम्पादन हुनेछ । कफि रङको प्रयोग गर्नुहोला । ॐ सुखनिधय नम  मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  १ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

बृष राशि भएका व्याक्तिहरुका लागि व्यापारमा थोरै समय दिएपनि मनग्गे लाभ लिन सकिने समय रहेकोछ । व्यापारकै शिलशिलामा यात्राको तय गर्नुहोला समय राम्रो रहकोछ भने आज साझेदारि व्यावसाय फस्टाएर जानेछ । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ  सर्वगतायै नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरुका लागि समयले साथ दिने हुदा आज हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा निर्णय हुनेछन् । प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नोकरिमा प्रवेशको योग रहेकोछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने रातो रंगको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ भने ॐ भालचन्द्राय नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरुका लागि पढाई लेखाईमा अलि बढि मेहनेत गर्दा उत्कृष्ट नतिजा आउनेछ । सम्बन्धित व्याक्तिहरुलाई रिजाएर रोकिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । गुरुजन तथा सन्तानको सुझाब आजको लागि फलदायि रहनेछ । आज खरानि तथा प्याजी रङको प्रयोग गर्नुहोला,आजको लागि  शुभ अंक ४ र ५ रहेकोछ भने ॐ चित्तरुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरुका लागि राजनिति तथा समाजसेवामा आज समय दिन सक्दा नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ ।  आमा अग्रजको सुझाब मान्दै अगाडि बढ्नुहोला । भौतिक सम्पति तथा सवारी साधन प्रप्त हुने योग रहेकोछ । आजको लागि शुभ रङ रातो प्रयोग गर्नुहोला । ॐ शिवाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ५ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 
    
कन्या राशि भएका व्याक्तिहरुका लागी पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले छोटो दुरिको रमाईलो यात्राको तय गर्नुहोला भरपुर मनोरञ्जनका साझ समय बित्नेछ । व्यापार तथा उद्योगमा लगानि बढाउनुहोला मनग्गे आम्दानि हुँनेछ । आजको लागि निलो रङको प्रयोग गर्नुहोला । ॐ गिरिप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

तुला राशि भएका व्याक्तिहरुका लागि आजको समय उत्तम रहेकोछ । व्यापार लगाएत अन्य क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बिलाशि बस्तुको खरिद तथा बिक्री गर्नु आजको दिन उत्तम रहेकोछ । सामाजिक कामहरु आजको दिन शुरुवात गर्नुहोला । आजको लागि रातो तथा प्यााजी रङ प्रयोग गर्नुहोला  ॐ नम गिरिजायै मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने ३ र ७ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि व्यापारमा थोरै धन सम्पति प्रयोग गर्दापनि आर्थिक रुपमा सुदृड हुन सक्नुहुनेछ । आफन्त तथा परिवारका साझ रमाईलो वातावरणमा दैनिकी वित्नेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । आजको लागि गुलावी तथा रातो रङ प्रयोग गर्नुहोला । ॐ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने ४ र ८ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

धनु राशि भएका व्याक्तिहरुका लागि स्वदेशमा उत्पादित सामानको व्यापार भन्दा विदेशमा उत्पादिन सामानको व्यापारमा लगानि गर्दा मनग्गे आम्दानि गर्न सकिनेछ । विदेश यात्रा सँग सम्बन्धित कामहरु आजको दिन गर्दा सहज रुपमा सम्पादन हुनेछन् । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धि समस्या आउन सक्छ । आजको लागि ॐ श्री दुर्गायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । हरियो रङको प्रयोग गर्नुहोला, ६ र ९ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

मकर राशि भएका व्याक्तिहरुका लागि थोरै लगानि गर्दा पनि मनग्गे आम्दानि हुँनेछ । प्राकृतिक स्रोत तथा सरकारि साधन स्रोत साधनको प्रयोग मार्फत मनग्गे आम्दानि हुँनेछ । दाजुभाई तथा अग्रजको आशिर्वाद लिएर अगाडि बढ्नुहोला । आज खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि ॐ दक्षकन्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । १ र २ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि नयाँ काम तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणका लागि आजको प्रयास सकारात्मक रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि आजको दिन शुभ रहेकोछ । सामाजिक काम आजको दिन थालनि गर्नुहोला । आज निलो रङको प्रयोग गर्नुहोला । ॐ दिगम्बराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ५ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिन राशि भएका व्याक्तिहरुका लागि भाग्य भावमा गोचर गर्ने चन्द्रमाले धार्मिक तथा आध्यात्मिक ज्ञान लिनको लागि समय उत्तम रहेकोछ । शैक्षिक तथा धार्मिक यात्रासँग सम्बन्धित कामहरु आजको दिन सुरुवात गर्नुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ त्रिलोकेशाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ६ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

ज्योतिषी डिपी भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप