बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लोक, आधुनिकदेखि तीजसम्म : यो साता बजारमा भित्रिए यस्ता गीत

आइतबार, ०३ भदौ २०७५, १५ : १८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – करिब दुई दर्जन बढी नयाँ गीत भित्रिने सांगीतिक क्षेत्र यो साता भने केही सुस्ताएको छ । अर्थात, यो साता नेपाली संगीतिक क्षेत्रमा करिब एक दर्जन हाराहारीका नयाँ गीत संगीत मात्र भित्रिएका छन् । संख्याका हिसावले कमि देखिए पनि भेराइटीमा लोक, आधुनिक देखि तिज सम्मका गीत भित्रिएका छन् । यस्ता छन्, यो साता बजारमा भित्रिएका नयाँ गीत संगीतः

‘द वाइल्ड रिपर्स क्रू’

भारतमा समेत ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।
गायक सन्तोष कालीकोटेको स्वरको नया“ गीत ‘जालैमा जालैमा...’ को उक्त म्युजिक भिडियो बुधवार सा“झ सार्वजनिक भएको हो । उक्त गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोपाल रसाइलीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
द वाइल्ड रिपर्स क्रू केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइलिष्ट रहिसकेको समुह हो । समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रमहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ ।
‘जालैमा..’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । 

‘टुहुरो २’
बाल गायक हिमेश तामाङ्ग टुहुरो बनेका छन् । हिमेश आँफैले गाएको गीत ‘टुहुरो २’को भिडियोमा टुहुरो बनेर अभिनय गरेका हुन् । हालै मात्र उक्त म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द–संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आँफैले निर्देशन गरेका हुन्, भने सम्पादन राजेश कुमारले गरेका छन् । प्रशान्तको यसअघि ‘टुहुरो’ बोलको गीत हिट भएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीत तयार पारेको पौडेलले बताए । 


‘तिम्रो मायाँले मार्यो मलाई’

भर्सटाईल गायक तथा संगीतकार  चिरन्जिबी भण्डारीको बिल्कुलै नयाँ पृथक टाईपको गीत सार्वजनिक भएको छ । १४ बर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियासिल चिरन्जीवी प्लेब्याक गायक पनि हुन् । 
उनले गाएको रेलिमाई फिल्मको गीत ‘चट्टै मुटु काटेर’ र दीप ज्योती फिल्मको ‘झ्याना पुलटुंग’ सर्वाधिक हिट गीत हो ।
‘तिम्रो मायाँले मार्यो मलाई’ गीतको भिडियो भुवन स्यान्बो तामाङले निर्देशन गरेका हुन् । ानेन्द्र शर्माको छायांकन ,सुर्य योञ्जनको कोरोयोग्रफी ,ग्रुभी बोयजको डान्स, माधव बेल्वासेको  सम्पादन भिडियोमा रहेको छ । भिडियोमा चर्चित मोडल र डान्सर नयन डिसी र सुयासी कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा राजकुमार महर्जनको लगानी रहेको छ ।

‘पर्खि बस है माया’
गायक युवराज चौलागाईँको आधुनिक गीत‘ पर्खि बस है माया’ सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ । आफ्नी मायालुलाई भेट्नको लागि भिरको कठिन यात्रा गदैँ मायालुको गाउँमा जान तयार भएका छन् । प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा रहेको भिडियोलाई युवा पुस्ताले निकै रुचाएका छन् । भिडियो जनक सिंहले निर्देशन गरेका हुन् ।

‘लै गै मेरो मन’ 
मोडल चन्दा दाहाल, अकाल, निशान एस के र सरिना को रोमान्टिक अभिनय रहेको गीत ‘लै गै मेरो मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भोजराज भटट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत र रमेश विक र रविनको शब्द छ । डान्सिङ नम्बरको गीतको भिडियोमा  चन्दा , अकल र सरिनाको जोडीले दिल खोलेर नाँचेका छन् । भिडियो निसान एसकले निर्देशन गरेका हुन् । 

‘गर्छु लफडा’ 
२७ भदौको तीजलाई लक्षित गर्दै बजारमा विल्कुलै नयाँपन दिने तीज डिजे गीत आएको छ । नयाँ युवा पिडिलाई लक्षित गर्दै तीज डिजे गीत ‘गर्छु लफडा’ सार्वजनिक भएको हो । चन्द्रकला डल्लाकोटीको शब्द संगीतमा रहेको ‘गर्छु लफडा’ मा गौरव माझी र सुमित्रा भट्टराईले आवाज दिएका छन् । ¥यापसहितको गीत डिजे गीत गायक गौरवले ¥याप हानेका छन् । समिर तामाङले निर्देशन गरेको म्यूजिक भिडियोमा चन्द्रकला डल्लाकोटी र मोडल चक्र बमको अभिनय रहेको छ । 
आजकलको तीजमा देखिएको परिवर्तनलाई व्यंग तथा सुधारको सुझाव दिएको यो गीत युवा पिढीमाझ लोकप्रिय हुने गीतकी मोडल समेत रहेकी चन्द्रकला डल्लाकोटीले जानकारी दिईन् ।

‘माइतीको भाइलाई’
हरितालिका तीजको अवसर ‘मेरी बास्सै’का दुई कलाकारहरुको अभिनय रहेको तीजको गीत सार्वजनिक भएको छ । ‘माईतीको भाईलाई’ बोलको गीतमा हाँस्यटेलिश्रृंखला ‘मेरी बास्सै’का लेखान्त भुषाल उर्फ ‘घिरौँले’ र दिवाकर भण्डारी उर्फ ‘सापटी काका’को पनि अभिनय रहेको छ । उनीहरुले भिडियोमा गज्जबले हसाँएका छन् । बिष्णु कार्की, दिवाकर भण्डारी र सिता क्षेत्रीको शब्द तथा स्वर रहेको गीतमा गायक भण्डारीकै संगीत छ । दिवाकर र लेखान्तको निर्देशनमा बनेको भिडियोलाई दीपक मन उदासले खिचेका हुन् ।

‘चुन सुपारी’
पछिल्लो समय निकै चर्चित भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीत ‘चुन सुपारी’को म्युजिक भिडियो रिलिज गरिएको छ । गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत छ । निर्मल लामाको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पादन छ । 

‘बिती जाने’ 
गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ ‘बिती जाने’ बोलको गीत भिडिया सेहित  सार्वजनिक भएको छ । भिडियोमा हिमालले मोडल अस्मिता केसीसँग प्रेमील दृश्यहरु दिएका छन् । गायनमा भने हिमाललाई चर्चित गायिका शशी रावलले साथ दिएकी छिन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतको भिडियो प्रसन्न पौडेलको निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप