वर्ल्डलिंकको नेटवर्क सुधारका लागि जुनिपरसँग सम्झौता
काठमाडौं– वर्ल्ड लिंक कम्यूनिकेसनले आफ्नो नेटवर्किङ सुधारका लागि जुनिपर नेटवर्कसँग सम्झौता गरेको छ । इन्टरनेट प्रयोगकर्ताको तीब्र रुपमा भएको बृद्धिका कारण नेटवर्किङमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै नेटवर्कको गुणस्तर सुधारका लागि जुनिपर नेटवक्र्सलाई रोजेको वर्ल्डलिंकले जनाएको छ ।
ग्राहक संख्या, इन्टरनेट ट्राफिकको चाप र ग्राहकको आवश्यकता अनुसारको सेवा विस्तार गर्न जुनिपर सक्षम रहेको वर्ल्डलिंकको ठहर छ । जुनिपर नेटवर्कले परम्परागत रुपमा रहेका नेटवर्किङको अवरोधलाई हटाएर गा्रहक र साझेदारहरुलाई स्वचालित मापन युक्त र सुरक्षित नेटवक्र्स उपलब्ध गराउँछ ।
सरकारको एक अध्ययन अनुसार पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या तिव्र रुपमा बृद्धि हुँदै गएको देखिन्छ । सन २०११ सम्म १० प्रतिशतमा पुगेको इन्टरनेट सेवा हाल मोबिलिटि सहितको आँकडामा ५० प्रतिशत पुगेको छ । वल्र्ड लिंकले पनि २०१४ देखि आफ्नो ग्राहक संख्या दोब्बर बृद्धि भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा