बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टोखाबाट सुरु बिपिन र बर्षाको ‘गोपी’

आइतबार, ०३ भदौ २०७५, १४ : ०९
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – पत्रकार दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘गोपी’को छायाँकन सुरु भएको छ । चलचित्रको छायाँकन आज आइतबारबाट सुरु भएको हो । निर्देशक दीपेन्द्र लामाले चलचित्रको छायाँकन सुरु भएको जानकारी फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

‘दुई बर्षपछि फेरि एक्सन कटमा । आजबाट ‘गोपी’को छायाँक्न सुरु’ उनले लेखेका छन् । राजधानीको टोखाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेता बिनिक कार्कीको दुई अभिनेत्री बर्षा राउता र सुरक्षा पन्तसँग रोमान्स रहने चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले हुन् । 

आरोही केसी निर्माता रहेको ‘गोपी’ चलचित्रका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ, भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् ।  चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको चलचित्रमा दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप