शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किएभोमा रोनाल्डोको रियालिटी चेक

आइतबार, ०३ भदौ २०७५, १२ : ४९
आइतबार, ०३ भदौ २०७५

एजेन्सी । युभेन्टससँग अनुबन्ध भएसँगै क्रिस्टियानो रोनाल्डोले इटालीमा मैदानबाहिर निकै प्रभाव पारिरहेका थिए । शनिबार समय थियो भेरोनामा मैदानभित्र प्रभाव पार्ने ।

सारा विश्व हेरिरहेको थियो । महान् खेलाडी पेलेले समेत ट्विट गर्दै रोनाल्डोलाई ‘शुभकामना’ दिएका थिए । 

आयोजक किएभो इटालियन लिगमा गत सिजन १३ औँ स्थानमा सिमित भएको थियो । रोनाल्डोको एक्लैको तलब उनीहरुको टोलीको पूरै तलबभन्दा तीन गुणा बढी थियो ।

गोलकिपर स्टेफान सोरेन्टिनोले खेलअघि स्वीकार गरेका थिए, ‘लगातार सात पटक इटिलियन लिगको उपाधि जितेको टोलीसँग खेल्दा हामी उत्कृष्ट खेलाडीहरुको सामना गर्दैछौँ भन्ने थाहा थियो तर क्रिस्टियानो रोनाल्डो आएपछि टोली अझै सशक्त बनेको छ ।’

तर, युभे कुनै रुपमा सशक्त देखिएन ।

अन्ततः फेडेरिको बर्नार्डडेस्ची युभेको उद्धार गरे, रोनाल्डोले होइन । बेञ्चबाट मैदानमा प्रवेश गरेका बर्नार्डडेस्चीले लियोनार्डो बोनुचीको लागि गोलको अवसर सृजना गरे भने आफै गोल गर्दै टोलीलाई जीत दिलाए ।

यो जीतको लागि युभेन्टस मुस्किकले हकदार थियो । किनभने टोलीले खेल अवधिभर अस्थिर प्रदर्शन गरेको थियो । जबकी टोलीले तेस्रो मिनेटमा सामी खडिराको गोलको मद्दतले अग्रता लिएको थियो ।

युभेन्टसले खेलमा पोजेसन बनाए पनि गोल भने गर्न सकेन।  रोनाल्डोले गोलका लागि थुप्रै प्रयास गरे पनि गोलकिपर सोरेन्टिनोले उत्कृष्ट बचाउ गरेका थिए ।

लगत्तै किएभोले आफ्नो प्रयासमा खेल बराबरी गर्यो । दोस्रो हाफमा पेनाल्टीबाट किएभोले अग्रता लियो ।

अन्ततः खेलको अन्त्यतिर पुनरागमन गर्दै युभेन्टसले ३–२ ले खेल आफ्नो पक्षमा पार्यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप