शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खान शपथ ग्रहणका बेला अक्मकिए र हाँसे,  त्यसपछि भने ‘सरी’ (भिडियो)

आइतबार, ०३ भदौ २०७५, १२ : १०
आइतबार, ०३ भदौ २०७५

पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान इमरान खान अब पाकिस्तानका प्रधानमन्त्री बनेका छन् । उनी पाकिस्तानका २२ औं प्रधानमन्त्री हुन् । उनले शनिबार राष्ट्रपति भवनमा शपथ ग्रहण गरेका हुन् । तर शपथ ग्रहणको क्रममा उनलाई केही शब्द फुटाउन हम्मेहम्मे पर्यो । उर्दू शब्द रुपी बाउन्सरलाई उनले सजिलै झेल्न सकेनन् । उनी एकपटक मात्र नभई उर्दूका विभिन्न शब्दमा अड्किए ।

राष्ट्रपति भवन ऐवान–ए–सद्रमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ममनून हुसैनले इमरानलाई पद तथा गोपनियताको शपथ दिलाइरहेका थिए । तर क्रिकेट मैदानमा निकै आत्मविश्वासी देखिने इमरान त्यहाँ भने केही नर्भस देखिए । उर्दू शब्दको उच्चारणमा धेरै पटक फसे । सुरुमा जब राष्ट्रपतिले ‘रोज ए कयामत’ भन्दा इमरानले ‘रोज ए कियादत’ भनेपछि फसेका थिए । उनको शब्द उच्चारणमा पुनः गल्ती भएपछि राष्ट्रपतिलाई ‘सरी’  भनेर हाँस्दै शपथ दोहोराउन थाले ।

इमरानको उक्त भिडियो सोसल मिडियामा खुब सेयर भएका छन् । इमरानले यसका लागि अभ्यास गरेर आउनुपर्दथ्यो भनी टिप्पणी गर्नेको पनि कमी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप