शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्करमा ओपन हाउस

आइतबार, ०३ भदौ २०७५, ११ : ५३
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एकमुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन् ।

विदेशतिर प्रचलनमा रहेको यही इभेन्टलाई अनुशरण गर्दै शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजले पनि  ओपन हाउस इभेन्ट गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी दियो । 

ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए । कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी राखेका छौं । एउटा फिल्म बनाउन के के चाहिन्छ भन्ने कुरा देखाएका छौं,’ पन्तले भने । 

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने मौका पाएका थिए । कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राखिएको थियो । क्यामरा मात्र हैन, इभेन्टमा सहभागीले लाइभ एक्टिङको दृश्य पनि देख्न पाए । 

कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाएका थिए । ज्याजबारको सेट बनाएर अभिनय गरेका विनोद सिंह थापा र अनु थापाले बारमा नृत्य गरेको आभाषा दिलाएका थिए । 

इभेन्टमा विद्यार्थीले खिचेका २० वटा फोटो पनि प्रदर्शनीमा राखिएको थियो । यसरी राखिएका चित्र भने फिल्मसँग सम्बन्धित नभई जनजीवनसँग सम्बन्धित थिए ।  

इभेन्टमा कलेजमा पढ्ने विद्यार्थीका अभिभावकको पनि राम्रो उपस्थिति थियो । सिनेमाटोग्राफी पढ्ने शेषन श्रेष्ठका बुबा प्रकाश श्रेष्ठले शनिबारको कार्यक्रम हेरेपछि छोराले के पढ्न लागेको रैछ छर्लङ्ग भएको बताए । कार्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि देखाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप