साउदी जेलमा रहेका कुमार रानामगरलार्इ १ लाख सहयोग
बिनोद श्रेष्ठ
युएर्इ– विगत ११ महिनादेखि साउदी अरवको जेलमा बन्दी जीवन बिताइरहेका गोरखा भिमसेन गाँउपालिका ७,बोर्लाङ्का कुमार रानामगरको जीवन रक्षाको लागि गोरखा सेवा समाज युएर्इले १ लाख १ हजार अार्थिक सहयोग गरेको छ।
गोरखा सेवा समाज युएर्इका संरक्षक उत्तम अधिकारी, भूतपूर्ब अध्यक्ष भीम श्रेष्ठ,मास नेपालका संस्थापक अध्यक्ष उत्तम कुमार श्रेष्ठ, समाजसेवी तथा ब्याबसायी सुजन श्रेष्ठको उपस्थितिमा काठमाडाैंमा एक कार्यक्रमको अायोजना गरी कुमार राना बचाउ अभियानका संयोजक कृष्ण ढकाल र पिडित रानामगरका श्रीमती अम्बिका रानामगरलार्इ उक्त सहयोग हस्तान्तरण गरिएको हो।
करिब साढे २ वर्षअघि (२४ अप्रिल २०१६) मा उनले चलाएको सबारी साधन दुर्घटनामा परी साउदी नागरिक घार्इते भएपछि साउदी अदालतले क्षतिपूर्ति बापत तोकिएको २ लाख ९४ हजार साउदी रियल अर्थात ८२ लाख नेपाली रूपैयाँ (ब्लड मनि) तिर्न नसक्दा हालसम्म उनी साउदी जेलमा बन्दी जीवन बितार्इ रहेका छन्।
उनको बचाउको लागि विभिन्न देशबाट सहयोग रकम संकलन भैरहेको छ।
प्रतिबद्द्ता रकम बाहेक हालसम्म कुमार रानामगर बचाउ अभियानको खातामा ३४ लाख जम्मा भैसकेको र साउदी अरबबाट ८ लाख रूपैया अाएको पिडितका श्रीमती अम्बिका रानामगरले बताएर्इन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र