सूचनाको हक प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गरौंः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् ।
“नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
वर्तमान सरकारा पारदर्शीता,भ्रष्टाचार नियन्त्रण,विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ