शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पासाङल्हामु राजमार्ग बन्द

आइतबार, ०३ भदौ २०७५, ०८ : ०६
आइतबार, ०३ भदौ २०७५

नुवाकोट - पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । 

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप