मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार बिहानै फिजिमा ८.२ तीब्रताको शक्तिशाली भूकम्प

आइतबार, ०३ भदौ २०७५, ०७ : ४८
आइतबार, ०३ भदौ २०७५

फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षती नपुगेको जानकारी दिएको छ ।  

‘मैले क्षतीको त्यति आशा गरेकी छैन ।  मानिसहरुले यो महसुस गर्छन् तर कुनै क्षती भने हुनेछैन,’ अमेरिकी भूगर्भ विभागकी जियोफिजिस्ट जाना पर्सलेले रोयटर्सलाई भनिन् ।

भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नरहेको सिभिल डिभेन्सका प्रवक्ताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप