शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको दोहोरो चरित्र

आइतबार, ०३ भदौ २०७५, ०७ : २३
आइतबार, ०३ भदौ २०७५

प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र बिक्की यादवले सम्बोधन बहिष्कार गरेका थिए । उनीहरूले बहिष्कार गर्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र महतोलाई सभामुख कार्यकक्षमा बोलाएर छलफल गरेका थिए । तर, संविधान संशोधन नभएको र राजपाका नेताहरूमाथि लागेको राजनीतिक मुद्दा फिर्ता नभएको अवस्थामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य नभएको उनीहरूले जवाफ दिएका थिए ।

यसअघि संसदीय दलका नेता सोनलले पनि प्रधानमन्त्रीको भाषण बहिष्कार नगर्न भनेका थिए । उनले भाषण सुन्न नचाहने सांसदले प्रदेश सभामा नआउन आग्रह गरेको एक सांसदले बताए । राजपाका दुई मन्त्री जितेन्द्र सोनल, रामनरेश रायसहित केही सांसद मात्र प्रदेश सभामा उपस्थित थिए । समाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्रीहरू डिम्पल झा, सुरेश मण्डल, अभिराम शर्मा, राजपा सचेतक परमेश्वर साहलगायत बैठकमा सहभागी भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप