मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंवासीले दैनिक थप ३ करोड लिटर पानी पाए, सभामुखले गरे शुभारम्भ

शनिबार, ०२ भदौ २०७५, २० : ५०
शनिबार, ०२ भदौ २०७५

काठमाडौं । मेलम्ची खानेपानी आउनुअघि नै काठमाडौंवासीले दैनिक थप तीन करोड लिटर पानी पाउने भएका छन् ।

खानेपानीमन्त्री बीना मगरको निर्देशनमा आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा प्रशोधन प्लान्ट स्थापित गरि बागमतीको पानी काठमाडौं ल्याउने भएको हो ।

शनिबार आज एक औपचारिक कार्यक्रमकाबीच सभामुख कृष्णबहादुर महराले महाकालस्थित थोक वितरण केन्द्रमा चाबी घुमाएर राजधानीमा थप पानी वितरणको शुभारम्भ गरे ।

योसँगै अब उपत्यकाको महाकाल थोक वितरण केन्द्रबाट जोरपाटी हुँदै बागबजारसम्मका धाराहरुमा पानी वितरण नियमित हुनेछ । 

यो थप पानीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट जडान भएका दुई लाख १६ हजार धाराहरुमध्ये करिब ७० हजार धारामा थप पानीको आपूर्ति हुनेछ । 

यो पानी हप्तामा पाँच दिन दैनिक दुई घण्टाको दरले राजधानीवासीले पाउने भएका छन् । 

यो पानीबाट महाकालस्थित पानीपोखरीको सेवा क्षेत्र कपन, सरस्वतीनगर, बौद्ध, जोरपाटी, चाबाहिल, हाँडिगाउँ, ज्ञानेश्वर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, महाइतीघर, त्रिपुरेश्वर र नयाँ सडक क्षेत्रका ८ लाख ४० हजार जनता प्रत्यक्षरुपमा लाभान्वित हुनेछ । 

अपरान्ह सुन्दरीजल पुगेका सभामुख महरा र खानेपानी मन्त्री बीनाले मेलम्ची सुरुङ र प्लान्टको निरिक्षण गरेका थिए । आयोजना कार्यान्वयन निर्देशनालायका कर्मचारीहरुले पानी प्रशोधन प्रणालीका बारेमा सभामुख र मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए । 

क्षेत्रगत निरिक्षणपछि महाकालमा आयोजित औपचारिक कार्यक्रममा पानी वितरणको उदघाटन सभामुख महराले गरे । 

कार्यक्रममा बोल्दै सभामुख कृष्णबहादुर महराले उपत्यकावासीका लागि खानेपानीको विषय समस्या बन्दै आएकोमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई समयमा नै सम्पन्न गर्न खानेपानी मन्त्रालयले मेलम्ची आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आफू मातहतका निकायहरूलाई निरन्तर निर्देशित र प्रेरित गर्दै आएकोमा त्यसको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । 

‘मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीहरूलाई तत्काल राहत दिने उद्देश्यले बाग्मतीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पूर्ण प्रशोधन गरेर प्रतिदिन थप ३ करोड लिटर प्रशोधित पानी घरघरमा पु¥याउने कार्यको विधिवत् शुभारम्भ गर्न पाउँदा मलार्इ ज्यादै खुशी लागेको छ,’ महराले भने,  ‘यो उपलब्धि प्राप्तिको लागि खानेपानीमन्त्रीज्यू, मन्त्रालयका पदाधिकारीहरू र मन्त्रालय मातहतका निकायहरूका पदाधिकारीहरूले गरेका अथक प्रयास र जनताको निरन्तर खबरदारी सार्थक भएको छ । मलाइ आशा छ, दशैँअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाका घरघरमा पु¥याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ ।’

खानेपानीमन्त्री बिना मगरसहित सभामुख महराले सुन्दरीजलस्थित प्लान्टको निरीक्षण गरेपछि महाकालमा औपचारिक कार्यक्रममार्फत मन्त्री मगरले उपत्यकावासीको पानीको सपनामा एक चरण उपलब्धी प्राप्त गरेको बताइन् ।

खानेपानीमन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने कार्यपनि करीब अन्तिम चरणमा पुगेपनि त्यसअघि नै सुन्दरीजलबाट बागमतिको पानी अहिलेको व्यवस्थाबाट राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन प्रशोधित पानी आउने वितरण गरिने बताइन् ।

जनताको आधारभूत अधिकारको रूपमा रहेको खानेपानीमा पहूँचको विषयलाई मन्त्रालय र आफूले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री मगरले अबको केही समयपछि मेलम्चीको पानीसमेत यसै प्रणालीमाएफत भित्रिने जानकारी दिइन् ।

अहिले बाग्मतीको पानीलार्इ अथक प्रयायपछि ल्याउन सफल भएको बताउँदै मन्त्री मगरले हप्तामा अझै बढी पानी थप्न सकिने सम्भावाना हेर्न समेत मताहतका निकायलाइइ निर्देशन दिइन् ।

बाग्मतीको पानी राजधानी पु¥याउन निकै ठूला चुनौतीसँग जुध्नुपरेको बताउँदै मन्त्री मगरले डेढ महिना निरन्तर पाइप पखाल्ने काम गरेपछि वितरण सम्भव भएको जानकारी दिइन् ।

खानेपानी मन्त्रालयको पहिलो प्राथमिकता सबै जनतालाई आधारभूत खानेपानीमा पहुँच पु¥याउने रहेको बताउँदै मन्त्री मगरले विश्व बजारको सम्भावनालाई समेत हेरेर हिमालको पानी बिक्री गरि राजस्वमा योगदान पु¥याउने समेत लक्ष्य भएको बताइन् । 

‘अहिले मन्त्रालय मातहतका निकायले यसबारेमा अध्ययन गरिरहेका छन् ।’ मन्त्री मगरले भनिन्, ‘जलश्रोतको धनी देश नेपालले जलश्रोतको व्यापारबाट जनताका आधारभूत आवश्यकता पुरा गर्न उल्लेख्य श्रोत जुटाउने सम्भावना प्रचुर छ । यसलाई सकारात्मक रुपमा हेरिनुपर्दछ ।’

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीले आयोजनाको प्रगती विवरण प्रस्तुत गरेका थिए । निर्देशनालयले थोक वितरण प्रणाली अन्तर्गतको ११.०५ किमी लामो सुन्दरीजल–धोबीखोला (धोबीखोला पुल) खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न गरिसकेको उनले जानकारी दिए । 

‘मेलम्चीको पानी प्रशोधन गर्ने कुल ८.५ करोड लिटर प्रतिदिन प्रशोधन क्षमता भएको सुन्दरीजलस्थित प्रशोधन केन्द्र तयारी अवस्थामा छ,’ उनले बताए । 

यो पनि...........

आजदेखि सुन्दरीजलबाट दैनिक ३ करोड लिटर पानी मेलम्चीको

पाइपलाइनबाट काठमाडौं ल्याइँदै

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप