शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोतसाधनको समुचीत प्रयोग गरिन्छ : मन्त्री बस्नेत

शनिबार, ०२ भदौ २०७५, २० : २४
शनिबार, ०२ भदौ २०७५

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताएका छन् । 

फोकस नेपालको छैटौं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन गर्न सक्ने बताए । 

मुलुकको समृद्धिका लागि सबैले त्यागको प्रदर्शन गर्न सक्नुपर्ने बताउँदै उनले भने, ‘सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट त्यागको आवश्यकता छ । त्यागबाट नै मुलुक निर्माणको महाअभियानमा संलग्न हुने उत्प्रेरणा प्राप्त हुनेछ । सबैले समृद्ध मुलुक निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ ।’  

मुलुकमा उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्न सकिएमा समृद्ध मुलुक सम्भव भएको बताउँदै उनले भने, ‘जलसम्पदा, वन जङ्गलको समुचीत प्रयोग गरेर विकासलाई जनस्तरमा पुग्ने गरी दिगो र प्रभावकारी बनाउन आवश्यक छ, शिक्षालाई गुणात्मक बनाउँदै सबैको पुहँचमा पु¥याउनु पर्छ, स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्नुपर्छ, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच नभए मुलुक समृद्ध हुन सक्दैन ।’ 

विकास र समृद्धि हासिल गर्न सरकार जिम्मेवार ढङ्गबाट अघि बढेको उल्लेख गर्दै मन्त्री बस्नेतले समृद्धिका लागि सरकार र प्रतिपक्ष नभनी सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए । 

प्रदूषण नियन्त्रणका लागि सरकार कडाइका साथ प्रस्तुत हुने जानकारी गराउँदै उनले कुनै व्यक्ति तथा संस्थाका कारण सिर्जित प्रदूषणबाट मानवीय क्षति भएमा सोही व्यक्ति र संस्थालाई जिम्मेवार बनाई कारबाही गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताए । 

सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको उल्लेख गर्दैै उनले हरियाली प्रवद्र्धन, फोहोर व्यवस्थापन र सरसफाइ तथा प्रदूषण न्यूनीकरणमा सबैको सहकार्यको खाँचो औँल्याए ।

शहरमा हरियाली देखिन छाडेकामा चिन्ता व्यक्त गर्दै मन्त्री बस्नेतले प्रत्येक शहरलाई हरियालीयुक्त बनाउन प्रदेश र जिल्लामा व्यवस्थित नर्सरीको स्थापना गर्न आवश्यक रहेको बताए । 

सो अवसरमा प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विसं २०८५ भित्र पेट्रोलियम पदार्थबाट चल्ने ठूला सवारी साधनलाई विद्युतीय सवारी सधानमा प्रतिस्थापन गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी गराए । 

समृद्ध नेपालको सपना साकार पार्न पर्यटन क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उल्लेख्य गर्दै उनले बौद्ध स्तूप, स्वयम्भूनाथ, नमोबुद्ध, काँक्रेविहार र विदेशमा रहेका बौद्ध सम्पदालाई बौद्धमार्गीको धरोहरको केन्द्र लुम्बिनीसँग जोडेर ‘अन्तर्राष्ट्रिय बौद्ध परिपथ’ निर्माण गरी हजारौँ पर्यटक नेपाल भित्र्याइ आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप