शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूको निरीक्षण, सम्पदाबारे मन्त्री अधिकारीले गराए जानकारी

शनिबार, ०२ भदौ २०७५, १९ : ४३
शनिबार, ०२ भदौ २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूमा अवस्थित हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर एवम् अन्य १७ वटा सम्पदाको  निरीक्षण गरेकी छन् । 

आज साँझ राष्ट्रपति भण्डारीले विश्व सम्पदामा  सुचिकृति यी सम्पदाको निरीक्षणका क्रममा पुजाआज पनि गरेकी थिइन् । राष्ट्रपति भण्डारी सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पनि सम्पदाको निरिक्षणसँगै पूजाआजा गरेका थिए । 

प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताएका छन् । 

‘हामीले, केहि समयपछि पाटन कृष्ण मन्दिर सम्पन्न गर्दैछौ । पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भइसकेको छ । भूकम्पको  थिलोथिलोबाट उठेर हामी हिँडेका छौं,’ राष्ट्रपतिलाई सम्पदा निर्माणको बारेमा जानकारी दिने क्रममा मन्त्री अधिकारी भने, ‘अबको २ बर्षमा हामी दौडने छौ । हिजोका जस्तै बनाउने छौं ।’ 

अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमामा सम्पन्न भएको हो भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएका हुन् । 

पूर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरि १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, मन्त्रालयका सचिव, पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुखको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप