शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

शनिबार, ०२ भदौ २०७५, १९ : २६
शनिबार, ०२ भदौ २०७५

जेनेभा । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० बर्षको थिए । 

घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए । 

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गरेका छन् । 

उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए । 

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक हुन् । 
सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । 

अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए । 

पूर्व महासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप