पढ्ने संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्तः साहित्यकार श्यामल
बुटवल । राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा बरिष्ठ साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले पछिल्लो पुस्तामा पढ्ने संस्कृति हराउँदैं गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
रुपन्देहीका साहित्यकारसँग आज बुटवलमा अन्तक्र्रिया गर्दै उनले भने, ‘पछिल्लो पुस्तामा स्वदेशी तथा विदेशी साहित्यको अध्ययन नहुनाले नै साहित्य, कला संस्कृतिको अनुसन्धान पछाडि परेको हो ।’
साहित्यकार श्यामलले साहित्यमा प्रतिकहरु निर्माण गर्नुपर्ने प्रतिलिपि तयार भइरहेको जानकारी दिदैं समाजबाट टाढा रहेर कहिलै पनि साहित्य सिर्जना गर्न नसक्ने बताए ।
‘साहित्य एउटा विशिष्ट कला हो, यसमार्फत समृद्धिको दिशा देखाउन सक्नुपर्छ,’ उनले भने, ‘नेपाली साहित्यमा नेपालीपन देखिनु जरुरी छ, अझै पनि नेपाली साहित्यमा नेपालीपन देखिन सकेको छैन ।’
साहित्यकार श्यामलले साहित्यमा नेपालीपनको खोजी गर्न सकियो भने बल्ल नेपाली साहित्य बन्ने बताउँदै पछिल्लो समयमा नेपाली साहित्य बनाउने प्रयत्न भइरहेको धारणा व्यक्त गरे ।
‘जबरजस्ती अक्षर अक्षर जोडेर सृजना गरिएको साहित्य नेपाली साहित्य हुनै सक्दैन,’ उनले भने, ‘गोपालप्रसाद रिमाल, भुपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा आदिको हरेक रचनामा नेपालीपन भेटिने गरेको छ ।’
साहित्यकार श्यामलले साहित्यमा प्रत्यक्ष राजनीति हाबी भएमा साहित्यप्रति रुचि घट्ने उल्लेख गर्दै वर्षौदेखि रहेको ज्ञान, सीप र अनुभवलाई कलात्मक रुपमा पस्किने खालको साहित्य हुनुपर्नेमा जोड दिए ।
राससका प्रदेश नं ५ अन्र्तगत कार्यालयहरुको निरीक्षणका लागि आएका अध्यक्ष श्यामलले हतारको साहित्यको रुपमा रहेको पत्रकारिताले साहित्यिक मार्गदर्शनलाई सधै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा बरिष्ठ साहित्यकार तथा प्राध्यापक ऋषिराम भुसालले रुपन्देहीको साहित्यिक सङ्घसंस्थाको गतिविधि र सामाजिक रुपान्तरणको आन्दोलनमा साहित्यकारको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।
साहित्यकार एव्म कवि गिरी श्रीसले युवा पुस्ताले साहित्यप्रति त्यति रुचि नदिएकोमा चिन्ता व्यक्त गरे ।
साहित्यकार दलबहादुर गुरुङले अरुहरु जेटको पछाडी दौडिरहेका बेला हामी पेटको पछाडी दौडिनुपर्ने बाध्यताले साहित्यमा खरो रुपमा उत्रिन नसकेको बताए ।
डा मुरारी पराजुलीले देशका लागि महत्वपूर्ण दिशानिर्देशन गर्ने खालको साहित्य सृजना हुनुपर्ने बताउँदै साहित्यकार एव्म कवि श्यामलको साहित्यिक यात्रा मुलुककै लागि प्रेरणादायी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा