बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा ७८ महिला हराए, ४० वर्ष उमेरका महिला बढी

शनिबार, ०२ भदौ २०७५, १८ : १९
शनिबार, ०२ भदौ २०७५

कञ्चनपुर । कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४/७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । 

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 

हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, ‘अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।’ सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् । 

अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भने, ‘बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन् ।’ हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उनको भनाइ छ । 

सोही अवधिमा तीनवटै नगरपालिका क्षेत्रका ११ जना बालबालिका हराएकामा जसमध्ये नौ जना फेला परेका छन् । दुई जना अझै फेला परेका छैनन् । हराउने बालबालिका १४ वर्षदेखि २० वर्ष उमेर समूहका बढी रहेका छन् । 

हराएका महिला र बालबालिका परिवारको सम्पर्कमा पुगे पनि प्रहरीलाई खबर नगर्दा सङ्ख्य धेरै देखिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप