शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

शनिबार, ०२ भदौ २०७५, १७ : १०
शनिबार, ०२ भदौ २०७५

काठमाडौँ- धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । 

कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता शेयर रु ९१ करोड ८७ लाख ३२ हजार बराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोवार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अङ्कले बढेर अन्तिम दिन एक हजार २१०.३२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अङ्कले बढेर २५५.३८ अङ्कमा आइपुगेको छ । 

यस साता कारोवार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ८४ लाख बराबरको शेयर कारोवार भएको थियो । 

यस्तै कारोवार भएको शेयर सङ्ख्याको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ७५ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप