शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमालाई खुसी पार्न यी पुरुष २० वर्षदेखि महिलाको पहिरनमा

मङ्गलबार, ०३ साउन २०७४, १४ : ५९
मङ्गलबार, ०३ साउन २०७४

बीबीसी

मानिसक रुपमा विक्षिप्त आमालाई दिदीको मृत्युको सामना गराउने उद्देश्यसहित ४० वर्षे पुरुषले विगत २० वर्षदेखि महिलाको पहिरन लगाइरहेका छन् । उनको भिडियो चीनियाँ मिडियामा अत्यधिक सेयर भइरहेको छ ।

नाम नखुलाइएका ती व्यक्तिको भिडियोलाई वेबोमा मात्र ४.२ मिलियनले हेरेका छन् भने प्रमुख समाचार पोर्टलले पनि निकै प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।

ती व्यक्ति गुवाङ्क्षी क्षेत्रका गुइलिनका भएको बताइएको छ । उनलाई चीनको पारम्परिक पहिरन लगाएको अवस्थामा देखिएको छ ।

पियर भिडियोलाई दिदीको मृत्युपछि आमाले मानसिक रोगको संकेत देखाउन थालेपछि आफूले महिलाको पहिरन लगाउन सुरु गरेको उनले बताए ।

उनले महिलाको पहिरन लगाएपछि उनकी आमाले मृत्यु भइसकेकी छोरी फर्किएको भन्ने कुरामा विश्वस्त भएको पनि उनले बताए ।

‘उहाँ निकै खुसी हुनुभयो, त्यसकारण मैले यसलाई निरन्तरता दिएँ,’ उनले भने ।

‘ त्यसकारण त्यतिबेला देखि नै महिलाको रुपमा बाँचिरहेको छु,’ उनले थपे । ‘मसँग पुरुषको लुगा नै छैन ।’

भिडियोमा छोरालाई देखाउँदै उनकी आमाले भन्छिन्, ‘उनी मेरी छोरी हुन् । जब मेरी अर्की छोरीको मृत्यु भयो त्यतिबेलादेखि नै उनी मेरी छोरी भएकी छिन् ।’

ती पुरुषलाई मानिसहरुले के भन्लान् भन्ने केही वास्ता नभएको किनभने उनले यी सबै आफ्नी आमाका लागि गरिरहेको बताएका छन् ।

‘मानिसहरु मलाई हेरेर हाँस्छन् भन्लान् भनेर किन डराउनु ?’ उनले थपे ।

सिना वेबोमा सार्वजनिक गरिएको उक्त पोष्टमा हज्जारौंले प्रतिक्रिया दिएका छन् भने ह्यासट्याट  ३ज्भएयकभमब्कज्ष्कम्भबमक्ष्कतभचँयचद्दण्थ्भबचक३ को रुपमा रिपोष्ट गरिरहेका छन् ।

केहीले ती पुरुषको व्यवहारले आफूलाई निकै प्रभावित पारेको बताएका छन् ।

‘आफ्नी आमालाई खुसी बनाउन यी पुरुषले विगत २० वर्षदेखि महिलाको पहिरन लगाइरहेका छन् । यसमा मानिसहरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने वास्ता हुँदैन तर उनको यो कदमको प्रशंसा गर्नै पर्छ,’ एक प्रयोगकर्ताले कमेन्ट गरे ।

‘यी वास्तविक पुरुष हुन्,’ अर्का प्रयोगकर्ताले लेखे ।

‘उनी महिलाजस्तै देखिन्छन्,’ एकजनाले भिडियोको मुनि कमेन्ट गरे ।

तर अन्य प्रयोगकर्ताले भने भिन्न प्रतिक्रिया दिए ।

एकजनाले भने, ‘ती आमाले आफ्नो छोरालाई नियन्त्रणमा राख्न सफल भए’ र अर्का एकजनाले उनले आफ्नो पहिचान लुकाउन यसो गरेका हुन् कि भन्ने प्रश्न गरे ।

‘के यी महिलाले उनको छोरा कहाँ गए भनेर सोधेनन् ?’ अर्का प्रयोगकर्ताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप