मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारीलाई फाँसीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

शनिबार, ०२ भदौ २०७५, १६ : २२
शनिबार, ०२ भदौ २०७५

काठमाडौं– बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । 

शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ ।

‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । 

संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर , बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् । 
उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् । विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो ।

भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप