प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने पक्राउ (तस्बिरसहित)
शनिबार, ०२ भदौ २०७५, १३ : ३४
काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खाेज्ने र विराेध प्रदर्शन गर्ने आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले प्रदेशसभा भवन नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सरोज मिश्र, जानी खान, प्रशांत झा संजय यादव र कमलेश यादवलगायत रहेको बताइएको छ ।