शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बियाली अधिकारीको सुझाव– तापक्रमबाट बच्न यौन सम्पर्क नगरौं

शनिबार, ०२ भदौ २०७५, ११ : ००
शनिबार, ०२ भदौ २०७५

एजेन्सी । सान्ता मार्ता क्यारेबियन सागरको तटमा रहेको सुन्दर सहर हो । यो सहर कोलम्बियाको उत्तरी प्रान्त म्याग्डलेनामा रहेको छ । 

गर्मीको तापक्रम ४० डिग्री माथि चढ्दै गर्दा केहीलाई माया आदानप्रदानको लागि यो उत्कृष्ट समय लाग्न सक्छ । तर सहरको स्वास्थ्य सचिवले भने स्थानीयहरुलाई यौन सम्पर्कबाट टाढा रहन सचेत गराएका छन् ।

सचिव जुलियो सलासले मध्यदिनमा यौन सम्पर्क नगर्नु ‘बुद्धिमानी’ हुने बताएका छन् । उनले मध्य दिनको यौन सम्पर्कलाई कठोर एक्सरसाइजसँग तुलना गरेका छन्। 
“यसैले यो राति गर्नु राम्रो हुन्छ। जब बाह्य तापक्रम न्यून हुन्छ , ” जुलियोले भने ।

एयर कण्डिस्नर हुनेहरुले भने यसलाई बार्नु नपर्ने सलासले सुझाए ।

सामान्यतया गर्मी समयमा सान्ता मार्ताको तापक्रम उच्चनै हुने भए पनि पछिल्ला हप्ताहरुमा यो सहरलाई चर्को ‘हिटवेभ’ले समातेको छ । यसैको कारण स्थानीय चिकित्सकीय सेवाहरुमा वाकवाकी लाग्ने, वान्ता हुने र टाउको दुख्नेहरुको भीड बढेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप