बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीको सम्वोधनको राज्यमन्त्रीद्वारा विरोध !

शनिबार, ०२ भदौ २०७५, १० : २६
शनिबार, ०२ भदौ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै छन् । तर, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध  गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२  को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको  यो कम्युनिष्ट सर्बसत्तावादको  पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’

मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न   ओलीसाग उनले अनुरोध समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप