मधेशमा ओलीलाई मिथिला भोजन
जनकपुर–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज ११ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सरोज राय यादवले रातोपाटीलाई बताए ।
काठमाडौबाट १०ः३० बजे जनकपुर आउने प्रधानमन्त्री सिधै त्यहाँबाट प्रदेशसभामा सम्बोधनका लागि जाने बताइएको छ ।
एयरपोर्टमा ओर्लेपछि उनको स्वागतमा मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रिपरिषद्का अन्य सबै मन्त्री पुग्नेछन् । प्रधानमन्त्री ओलीको स्वागतमा एयरपोर्ट पुग्न सबै मन्त्री तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले हिजै निर्देशन दिइसकेका छन् ।
एयरपोर्टदेखि प्रदेशसभा भवनसम्म ठाउँ ठाउँमा ओलीको स्वागतका लागि स्वागतद्वार निर्माण गरिएको छ ।
प्रदेशसभामा ओलीले सम्बोधन गरिसकेपछि सभामुख सरोज राय यादवको निवासमा खानाको व्यवस्था गरिएको छ । ओलीलाई मिथिला खाना दाल, भात, रोटी, तरकारी, तरुवा, माछा लगायतका परिकार खुवाउने तयारी रहेको सभामुख यादवले बताए ।
सभामुख यादवको निवासमा खाना खाएर प्रधानमन्त्री ओली सहिद रामवृक्ष यादवका स्मृतिमा आयोजना गरिएका कार्यक्रममा भाग लिन बरमझिया जाने बताइएको छ । साथमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि हुनेछन् ।
ओलीका साथमा केन्द्रबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक व्यवस्था तथा यातायात मन्त्री रघुवीर महासेठ, शिक्षा मन्त्री गिरीराजमणी पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव पनि जनकपुर आउने सम्भावना रहेको अध्यक्ष यादवले बताए ।
केन्द्रबाट जाने मन्त्रीहरुका लागि प्रदेशसभामा छुट्टै बस्ने व्यवस्था मिलाइएको छैन । सभामुख यादवले भने, ‘केन्द्रबाट आउने मन्त्रीका लागि प्रदेशसभामा छुट्टै व्यवस्था गरिएको छैन । उहाँहरु आउनुभयो भने दर्शकको रुपमा आगाडी बस्ने व्यवस्था मिलाइनेछ ।’
ओलीको विरोध
सभामुख यादवले प्रदेशसभाका सम्पूर्ण सांसदलाई उपस्थित हुनका लागि निर्देशन दिएका छन् । यद्यपी ओलीको सम्बोधनलाई थुप्रै प्रदेशसभा सदस्यले विरोध गरेका छन् । कतिपय सांसदले अनुपस्थित भएर विरोध जनाउने तयारी गरेका छन् भने कतिपयले त्यही भित्र पनि विरोध गर्ने तयारी गरेका छन् ।
त्यसको साथै जनकपुरमा विभिन्न संघ संस्थाले पनि विरोधको कार्यक्रम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित