मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा क्यान्सर रोगको उपचार शुरु

शनिबार, ०२ भदौ २०७५, ०९ : ५६
शनिबार, ०२ भदौ २०७५

महोत्तरी - महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद (क्यान्सर) रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ । 

पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा. राकेश साहले बताए । 

अब क्यान्सरपीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उनले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको जानकारी दिए । 

हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । 

भवन निर्माण र अर्बुद रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेशन र ट्रष्टले लिएका छन् । 

चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने अर्बुदको ओपिडी सञ्चालनमा रहनेछ । फाउन्डेशनका अनुसार सेन्टरका लागि ७० करोडभन्दा बढी लाग्ने अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप