बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाइकुः सोमबारको व्रत

शनिबार, ०२ भदौ २०७५, ०९ : ११
शनिबार, ०२ भदौ २०७५

-ध्रुव गजुरेल 

पहेंलो चुरा
साउन महिनामा
हरियो वस्त्र ।

खुशी भएका
सजाउँदै आफूले
आफू नै दङ्ग ।

शिवको लिङ्ग
पवित्र हुन गएको
नारीका लागि ।

जात्रा लागेको 
सोमबारको दिन
शिव मन्दिर ।

नाचगानमा
रमाएका महिला
गीत गाउँदै ।

पतिका लागि
सोमबारको व्रत
बस्दै आएका ।

दीर्घायु होस
मेरो श्रीमान्को भन्दै
हात जोडेका ।

रिँगटा लाग्यो
पानी पनि नखाँदा
ढलिन उनी ।

ढलेर उनी
बेहोस भएकीले
अस्पतालमा ।

फोन गरेका
पतिको नम्बरमा
उठेन फोन ।

कसको फोन
उठाउदिनँ म त
यस्तो आनन्द ।

सानीको भट्टी
मासुको सितनमा
मख्ख परेका ।

धेरै पटक
मोबाइल बजेर
हलो भनेका ।

तुरुन्त आऊ
अस्पतालमा तिमी
भाउज्यू लिन ।

धोकेर रक्सी
भन्दैछ फूलमती
थप गिलास् ।

टाढा छु म
आउन भ्याउँदिन
लिएर आऊ ।

जँड्या बुढाको
आयुले के गर्ला र
सोझी श्रीमती ।

बुझुन् नारीले
कस्ता श्रीमान्का लागि
बस्ने हो व्रत ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप