शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपाल काट्ने ‘बाहुन’

बुधबार, ३१ जेठ २०७४, १३ : ३२
बुधबार, ३१ जेठ २०७४

चितवन– काम जस्तोसुकै होस्– लाज नमान्ने, इमान्दारका साथै लगनशिल बन्ने हो भने अवश्य सफलता पाउन सकिन्छ ।  पार्वतिपुर चितवनका युवा श्रीराम  सिग्देल (शुलभ) यस्तै उदाहरणीय पात्र बन्न सफल भएका छन् । 

ब्राह्मण समुदायका त्यो पनि पढेकाहरुले देशमा श्रम गरेर  खाँदा लाज हुने तर बिदेश गएर थ्रीडी अर्थात (डिफिकल्ट, डर्टी, डेन्जर) काम गर्न हुने भन्ने गलत संस्कारबाट प्रशिक्षित गलत मनोविज्ञान पाल्नेलाई  सिग्देलले गतिलो झापड हानिदिएका छन् । झापड यो अर्थमा कि सिग्देलले पढेलेखेर पनि समाजले अझैं नपचाइसकेको ‘शैलून’ पेशा अगालेर आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् । 

भरतपुर चौविसकोठीमा उनको ‘पपुलर जेन्स पार्लर’ रहेको छ । साथमा उनले त्यहाँ कपाल काट्ने तालिम पनि दिँदै आएका छन् । विए सम्मको अध्ययन गरेका उनी नेपालमै केही गरेर वस्दा गौरव महसुस गरिरहेका छन् । मलेसियामा केही वर्ष पसिना बगाएका उनले त्यहाँको भोगाइृबाट पीडा भएपछि आफनै ब्यवसाय सुरु गरेका हुन् ।

 हातमा सीप भएर पनि नेपालमा के सामान्य काम गर्नु भनेर कामलाई सानो ठान्नेहरु आजका दिनमा आँखाबाट आसु चुहाउँदै  घरपरिवारसँग विछोडिदै गर्दा सिग्देलले परिवारसँगै बसेर आफनो ब्यवसायलाई अगाडि बढिरहेका छन् भने अन्तुष्टपनि रहेको बताउँछन् । त्यसैले त जाँगर नचलाउने र कामलाई सानो भन्नेहरुको लागि अहिले सिग्देल उदाहरणीय पात्रका रुपमा देखिन्छन् ।

४ वर्ष देखि आफूले यो व्यवसाय चलाउँदै आउको उनी बताउँछन् । उनको पार्लरमा बिहान ६ देखि साँझ ९ बजेसम्म भीड हुनेगरेको छ ।  यो पेशामा आम्दानी पनि राम्रो रहेको उनी बताउँछन् । 

दिनको १५ घण्टा उनी दाह्रीकपाल काट्ने, कपाल रंगाउने, डेडलक गर्ने काममा व्यस्त हुन्छन् । उनको व्यवस्ततामा श्रीमतीले (सुस्मिता) पनि साथ दिँदै आएकी छन् । ‘मलाई घर परिवारबाट पनि पूर्ण सहयोग छ, त्यसैले म ढुक्क संग ब्यवसाय गरेको छु’ सिग्देल भन्छन्, ‘ पैसा कमाउने सबै भन्दा राम्रो ब्यवसाय यही रहेछ ।’

उनको पार्लरमा कपाल काट्ने मात्रै नभै दारी कपाल काटेपछि टाउको नुहाईदिने, कपाल ओभाना पारिदिने काम पनि गरिन्छ जसले एक पटक आएको ग्राहक पटक पटक आउने उनी बताउँछन् । 

उनले युवाहरुका लागि  तालिम पनि दिने गरेका छन् । ‘हाल सम्म  ६४ जनाले यहाँबाट तालिम लिइसकेका छन्,’ सिग्देलले भने, ‘कतिपय विदेश गएका छन् केहीले आफूकहाँ  सिप सिकेर अष्टे«लिया गएर पार्लर खोलेका छन्  । केही यही  पेशा गरेर समेत बसेका छन् ।’ 

 महिला र पुरुष दुवैका लागि उपयोगी हुने गरी तालिम दिने गरिएको उनले बताए ।  ‘मानिसहरु अहिले मेरो पार्लर धाइरहेका हुन्छन्, उनले भने,‘नेपाली दाजुभाइले संचालन गरेको भनेर पनि धेरैले माया गर्ने गर्छन् ।’

 उनले अहिले दुई जनालाई रोजगार पनि दिएका छन् । नेपालमै केही गर्छु भन्नेका लागि उनले तालिम दिएबापत केही मात्र रकम लिन्छन् । ‘सिप सिकेर विदेश जान्छु भन्नेसँग २० हजार सम्म लिने गरेको उनि बताउछन् ।
 
युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा आफू रहेको भन्दै सिग्देलले सरकार र अन्य सरोकारवाला संघ संस्थाले पनि तालिममा सहयोग गरे जिल्लामा थुप्रै सीपयुक्त युवा उत्पादन गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप