शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविताः   चन्दा

शनिबार, ०२ भदौ २०७५, ०८ : ३०
शनिबार, ०२ भदौ २०७५

-राकेश कार्की  
    
‘चन्दा माग्न आए’
‘चन्दा माग्न आए’

कति सजिलो छ यहाँ चन्दा माग्न
तिनकै बाउको सम्पत्तिजस्तो
अझ दिएन भने
उल्टै रिसाउने
कर लागि दिनै पर्ने जस्तो
अरूले हाडछाला घोटेको
पसिना रगत बगाएको
सुरूक्क लिएर जाने
एकचोटि दिएपछि
अनि उसैको हुने
कति अनुचित छ
उनकै निमित्त कमाइदिए जस्तो
त्यसैले त भन्छन्
‘लुटको धन, फुपूको श्राद्ध’

‘चन्दा माग्न आए’
‘चन्दा माग्न आए’

क्रान्ति गर्नेलाई पनि चन्दै चाहिने
समाज सेवा गर्छु भन्नेलाई पनि चन्दै चाहिने
कोही कार्यक्रम चलाउनलाई भन्छन्
कोही चुनाव लड्नलाई भन्छन्
खेलकुद, हिरो हिरोइन, गायक, नाचगान
ध्यान, चिन्तन, प्रवचन, पुराण
जे गर्न परे पनि चन्दा नै  चाहिने

चोरले चोरेर लाने
डाँकाले लुटेर लाने
चन्दा माग्ने चाहिँ 
फकाई, धम्क्याई जसरी पनि
चन्दा उपर गरेरै छोड्ने
अनि त उनीहरूकै तामझाम
उनीहरूकै रजाइँ
त्यसैले त भन्छन्
‘मागी मागी छोराको बिहे’

-लस एन्जेलस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप